१० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मोबाइल चोरेर भाग्ने किशोरहरू पक्राउ



१८ असार । काठमाडौंमा मोबाइल फोन चोरी गर्न सक्रिय समूह पक्राउ परेका छन् । चोरी गर्ने समूहले विशेष गरेर ट्याक्सी चालकहरूलाई आफ्नो निशाना बनाउने गरेका थिए ।

पक्राउ पर्नेमा सिन्धुली फिक्कल नगरपालिका वडा नं. १ घर भइ हाल चुच्चेपाटी बस्ने १९ वर्षीय नवराज सुनुवार, बाजुरा गढीमालीका नगरपालिका वडा नं. ९ हाल पहेंलो पुल बस्ने १९ वर्षीय सुसन थापा, उदयपुर गाईघाट घर भई हाल कपन बस्ने १९ वर्षीय प्रमेश सुन्दास र सोलुखुम्बु नाम्चे बजार घर भई हाल कपन बस्ने १९ वर्षीय दोर्जी तामाङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौंका विभिन्न चोकमा रहेका ट्याक्सी स्टेसनमा २र४ जनाको समूहमा गई पार्किङ गरी राखेका ट्याक्सी चालकसँग ‘मेरो विदेशी पाहुनाको लगेज ठमेल लग्नुपर्ने, त्यो विदेशी पाहुनालाई फोन गर्नुपर्ने छ, अङ्ग्रेजीमा कुरा गर्नुपर्छ मेरो मोबाइल स्विच अफ भयो, तपाईंलाई अङ्ग्रेजी भाषामा कुरा गर्न आउँदैन होला तपाईंको फोन मलाइ दिनुहोस् म कुरा गर्छु’ भन्दै मोबाइल माग्ने गरेका थिए ।

प्रकाशित मिति : १९ असार २०८१, मंगलबार  ९ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।