२१ असार २०८१, बिहिबार | Thu Jul 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


भारतीय अभिनेता प्रदीप र सुनील नेपालमा



१८ असार । चलचित्र ‘ह्रस्व दीर्घ’ को छायांकनका लागि भारतीय अभिनेता प्रदीप रावत र सुनील वर्मा नेपाल आएका छन्।  अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष एवं अभिनेता हरिहर अधिकारीको जोडीले यो फिल्म निमार्ण गर्न लागेको हो ।अभिनेत्री एवं निर्मात्री नीताका अनुसार काठमाडौंमा उनीहरूको दृश्यको छायांकन भइरहेको छ ।

चन्द्र पन्तको डेव्यु निर्देशनमा निर्माण भइरहेको फिल्मको सोमबार बिहान ललितपुरस्थित इन्टरनेशनल क्लबबाट छायांकन सुरू गरिएको थियो।अबको ४ दिनसम्म काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिने निर्देशक पन्तले बताए । फिल्मलाई आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने तयारी छ।

प्रकाशित मिति : १९ असार २०८१, मंगलबार  ९ : ४१ बजे