२१ असार २०८१, बिहिबार | Fri Jul 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश



१८ असार । काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा न्यायाधीश सकुन्तला कार्कीको इजलासले थापाको संलग्नता नरहेको भन्न नसकिने भन्दै थुनामा रहेर मुद्दा पुर्पक्ष गर्न पाउने आदेश गरेको हो ।

प्रतीकलाई सीआईबीको टोलीले असार १४ गते बौद्धबाट पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए ।

प्रकाशित मिति : १९ असार २०८१, मंगलबार  १२ : ३४ बजे