२१ असार २०८१, बिहिबार | Fri Jul 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


महानायक राजेश हमालले एग्रिकल्चर गेम रियालिटि शो ‘र’ सञ्चालन गर्ने



१८ असार । महानायक राजेश हमालले एग्रिकल्चर गेम रियालिटि शो ‘र’ सञ्चालन गर्ने भएको छन् ।
विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटि शो दाबी गरिएको यस शोकोे प्रतियोगी आवेदन खुला गरिएको छ ।
कृषि, उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको प्रतियोगीको आवेदन खुला गरिएको आयोजकले जानकारी दिएको छ।
हिमालय टेलिभिजनबाट प्रसारण हुने यस कार्यक्रमको व्यावसायिक किसान र बीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिहरूले आवेदन दिन सक्ने र कार्यक्रममा १६ वटा विषयगत एपिसोडहरू हुने बताइएको छ । सहभागीहरूको प्रस्तुतिलाई निर्णायकहरूको प्यानलले मूल्याङ्कन गर्ने कार्यविधि रहेको र निर्णायकहरूको प्यानलमा कृषि मन्त्रालयका पूर्व सचिव डा. योगेन्द्रकुमार कार्की, कृषि अर्थशास्त्री डा. नम्रता पाण्डे र अन्य विषय विज्ञहरू रहने बताइएको छ ।
एक बेजोड़ रियालिटी गेम शो रुपमा प्रस्तुत गरिने बताइएको छ ।

प्रकाशित मिति : १९ असार २०८१, मंगलबार  ३ : २५ बजे