१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


महानायक राजेश हमालले एग्रिकल्चर गेम रियालिटि शो ‘र’ सञ्चालन गर्ने



१८ असार । महानायक राजेश हमालले एग्रिकल्चर गेम रियालिटि शो ‘र’ सञ्चालन गर्ने भएको छन् ।
विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटि शो दाबी गरिएको यस शोकोे प्रतियोगी आवेदन खुला गरिएको छ ।
कृषि, उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको प्रतियोगीको आवेदन खुला गरिएको आयोजकले जानकारी दिएको छ।
हिमालय टेलिभिजनबाट प्रसारण हुने यस कार्यक्रमको व्यावसायिक किसान र बीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिहरूले आवेदन दिन सक्ने र कार्यक्रममा १६ वटा विषयगत एपिसोडहरू हुने बताइएको छ । सहभागीहरूको प्रस्तुतिलाई निर्णायकहरूको प्यानलले मूल्याङ्कन गर्ने कार्यविधि रहेको र निर्णायकहरूको प्यानलमा कृषि मन्त्रालयका पूर्व सचिव डा. योगेन्द्रकुमार कार्की, कृषि अर्थशास्त्री डा. नम्रता पाण्डे र अन्य विषय विज्ञहरू रहने बताइएको छ ।
एक बेजोड़ रियालिटी गेम शो रुपमा प्रस्तुत गरिने बताइएको छ ।

प्रकाशित मिति : १९ असार २०८१, मंगलबार  ३ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।