२१ असार २०८१, बिहिबार | Thu Jul 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


जावलाखेलमा सेन्सर प्रबिधि जडान गरिएको जरुंहिटी पुनस्र्थापना



 

१८ असार । ललितपुरको जावलाखेलमा सेन्सर प्रबिधि जडान गरिएको जरुंहिटी पुनस्र्थापना गरिएको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ऐतिहासिक सम्पदाको पुनःनिर्माणका साथै संरक्षणमा समेत बिशेष ध्यान दिनुपर्ने बताए । मेयर महर्जनले उक्त ऐतिहासिक जरुंहितीबाट सदैब पिउने पानीको प्रवाह गर्न सक्नुपर्ने बताए ।

श्री उग्रचण्डी माई मन्दिर नजिक उग्रचण्डीमा अवस्थित करीब ४०० बर्ष पुरानो अनुमान गरिएको ऐतिहासिक जरुंहिटी (जलद्रोणी)को पुर्नस्थापना सम्पन्न भएको हो ।

पहिला पहिला बाटोमा हिडने वटुवाहरुको लागि पिउने पानीको व्यबस्था गर्न तथा मन्दिरहरुमा जल अर्पन गर्नका लागि बिशेष गरेर नेवाः बस्तीहरुमा यस्ता जरुंहिती (जलद्रोणी)हरु बनाइएका हुन्छन । लिच्छबिकाल हुदै मल्लकालतिर बनाइएका यस्ता जरुंहितीहरु एक प्रकारको परम्परागत ट्याङकी नै हो । सडक बिस्तारका कारण बिगत लामो समयदेखि पुरिएको अवस्थामा रहेको उक्त जरुंहितीलाई ललितपुर महानगरपालिका, ४ नं वडा कार्यालयले ताम्रकार समाजको सहयोगमा पुनस्र्थापना सम्पन्न गरेका हुन ।
ताम्रकार बर्गको कुल देवताश्री उग्रचण्डी माई नजिकको उग्रचण्डी मोसिंख्यःमा ताम्रकार पुर्खाले इनारका साथै उक्त जरुंहितीको निर्माण गराएको ताम्रकार समाजका अध्यक्ष बिनोद ताम्रकारले बताए । अध्यक्ष ताम्रकारले साधारणतया जरुंहितीमा एउटा मात्र धारा रहने गरेको पाईन्छ तर उक्त जरुंहितीमा तीनवटा धारा रहेको भएर बिशेष महत्वको रहेको उनले बताए ।
उक्त परम्परागत जरुंहितीबाट आधुनिक प्रबिधिबाट पिउन योग्य बनाइदिएको र सेन्सर प्रबिधि समेत जडान गरिएको ४ नं वडा अध्यक्ष सन्तोष खड्काले बताए । ती प्रबिधिहरुको व्यबस्था समेत ताम्रकार समाजबाटै भएको उनले बताए ।
उक्त जरुंहितीको उदधाटन गर्दै
उद्घाटनको अबसरमा मेयरका साथै उपमेयर मञ्जरी शाक्य बज्राचार्यले उक्त जरुंहितीको पानी समेत पिएकी थिइन् ।
४ नं वडा कार्यालयबाट आयोजित उक्त कार्यक्रममा जावलाखेलमै पुनस्थापित टाइगर गेटका साथै वडाको वेवसाइट,मोवाइलएप ,वडा प्रोफाइलको पनि उदघाटन गरीएको थियो ।

 

प्रकाशित मिति : १९ असार २०८१, मंगलबार  ३ : ४३ बजे