२१ असार २०८१, बिहिबार | Thu Jul 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको सुयोग बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित ३ जना पक्राउ



१८ असार । बचतकर्ताको ७ करोड १३ लाख ८६ हजार रुपैयाँ ठग्ने सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ३ जना पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका–२० मानभवनमा रहेको संस्थाले सर्वसाधारणलाई आकर्षक ब्याज दिने, आवश्यक परेको खण्डमा बचत झिक्न मिल्ने आश्वास दिलाई ७ करोड १३ लाख ८६ हजार रुपैयाँ ठगी गरेको अभियोगमा ५ जनालाई काठमाडौं उपत्यका अपराध अनुुसन्धन कार्यालयले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर–२० पुल्चोक बस्ने संस्थाका अध्यक्ष ४३ वर्षीय सुनिल महर्जन, ललितपुर–१२ मंगलबजार बस्ने संस्थाका उपाध्यक्ष ६० वर्षीया मलिका महर्जन र भक्तपुर– ७ सूर्यविनायक बस्ने संस्थाका सचिव ३७ वर्षीय अर्पण कवा रहेका छन् ।

प्रहरीले उनीहरुलाई सोमबार बारा, ललितपुर र भक्तपुरबाट पक्राउ गरेको हो । उनीहरुलाई गत चैत ७ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो ।

अध्यक्ष महर्जनले २०६५ सालमा नरसिंह सहकारीको सदस्यको रुपमा ४ वर्ष काम गरेको, २०७० सालदेखि अहिलेसम्म सुयोग बहुउद्देश्यीय सहकारीको अध्यक्ष भएका थिए ।

महर्जन २०८० सालमा प्रहरी वृत्त कालिमाटीमा चलेको बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ । उपाध्यक्ष महर्जन २०७६ सालदेखि अहिलेसम्म सुयोग बहुउद्देश्यीय सहकारी संस्थाको उपाध्यक्ष रहेका छन् । यता कवा २०७६ सालदेखि अहिलेसम्म संस्थाको सचिव रहेका छन् ।

प्रकाशित मिति : १९ असार २०८१, मंगलबार  ३ : ५१ बजे