२४ असार २०८१, आइतबार | Sun Jul 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र र साहित्य छुट्टै विद्याको रुपमा उदय : विज्ञबीच मतभेद



ललितखबर
१९ असार । चलचित्रलाई साहित्यभित्रको एउटा पाटोको रुपमा हेरिने चलन थियो । केही समयअघिसम्म चलचित्रलाई साहित्यकारहरुले छुट्टै विद्या मान्दैनथे ।
नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा भएको ‘चलचित्र साहित्य र नेपाली सन्दर्भ’ विषयक अन्तरक्रियामा विज्ञहरुले चलचित्रलाई साहित्यभित्रको एउटा पाटो मान्न नसकिने विषयमा बहस र विवाद गरेका छन् ।
त्रिभुवन विश्व विद्यालय नेपाली विभागका प्राध्यापकले प्रस्तुत गरेको कार्यपत्रमा चलचित्रले दृश्यभाषासँगै छुट्टै विधाको रुपमा उदाएको विषय समेटेपछि विज्ञबीच विवाद देखिएको छ ।
चलचित्र निर्देशक तथा कलाकार निर शाहले साहित्यका धेरै पुस्तकबाट चलचित्र निर्माण भएको कारण चलचित्र र सहित्यबीच नङ र मासुको सम्बन्ध रहेको तर्क गरे । निर्देशक शाहले साहित्यबाट लिइने कथालाई पटकथामा परिणत गरेपछि मात्रै चलचित्रमा उपान्तरण हुने हुँदा चलचित्रलाई छुट्टै साहित्य मान्न नसकिने तर साहित्यसँग जोडिएको कारण होइन पनि भन्न नसकिने बताए । उनले भने, ‘चलचित्र साहित्यको छुट्टै विद्या हो, होइन पनि ।’
टिप्पणीकार सितादेवि ढुंगानाले चलचित्रलाई छुट्टै विधाको रुपमा विकास भएको भए व्याख्या गर्दा नाट्य, गद्य, पद्य वा छुट्टै के हो नाम दिनुपर्नेमा जोड दिइन् । चलचित्र क्षेत्र साहित्यसँग जोडिएको भए छुट्टै विद्या भन्न नसकिने धारणा राखिन् ।
साहित्यकार तथा सञ्चारकर्मी भूपेन्द्र खड्काले साहित्य लेखिरहेका साहित्यकार उपेन्द्र सुव्वा, बुद्धि सागर, आहुती,नयनराज पाण्डे, राजन मुकारुङ चलचित्र लेखनमा अघि बढेकाले चलचित्र र साहित्यबीचको सम्बन्ध झन् बलियो बन्दै गएको बताए ।पुर्वजहरुले साहित्य र चलचित्र समाजको ऐना भनेको स्मरण गर्दै सहित्यकार खड्काले चलचित्रमा कथा, पटकथाजस्ता विषयको आधारमा बन्ने कारण साहित्य र चलचित्र फरक फरक विधा बन्न नसकन्ने बताए । साहित्यकार खड्काले चलचित्रको विषयमा यथेष्ट दस्तावेज र पुस्तक नलेखिएको विषयमा समेत गुनासो गरे ।
निर्देशक शाहले नेपाल प्रज्ञा प्रतिष्ठानले चलचित्र विधालाई साहित्यभित्रको एउटा पाटोको रुपमा व्याख्या गरिने गरे पनि अहिलेसम्म चलचित्रको विषयमा ३ वटा मात्रै बहस भएको बताए । २०४७ साल, २०५७ साल र २०८१ सालमा चलचित्रलाई प्रज्ञा प्रतिष्ठानले चिनेर छलफल चलाएकोमा खुशी व्यक्त गरे ।
चलचित्रकर्मी किरण विकले चलचित्रलाई छुट्टै विधाको रुपमा दस्तावेजको रुपमा उल्येख गरेकोमा खुशी व्यक्त गरे । उनले भने, ‘चलचित्रको विकाश छुट्टै विधाको रुपमा विकाश भइरहेको छ ।’
सहभागी धर्मेश पोखरेलले चलचित्रको कथा र पटकथा नलेखी चलचित्र नबन्ने हुँदा साहित्यकै एउटा पाटो रहेको तर्क गरे । नुवाकोटका केशव पुडासैनी विमलले साहित्य र चलचित्रलाई छुट्याउन आवश्यक रहेको भन्ने विषयमा थप छलफल गर्नुपर्ने धारणा राखे ।

 

प्रकाशित मिति : २० असार २०८१, बुधबार  ४ : ३९ बजे