२४ असार २०८१, आइतबार | Sun Jul 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं सोह्रखुट्टे सडकमा भासिएर खस्यो मोटरसाइकल



१९ असार । काठमाडौं सोह्रखुट्टे–बालाजु सडकमा मेलाम्चीको पाइप फुटेपछि भासिएको छ ।
ट्राफिक प्रहरीका अनुसार अचानक सडक भासिएपछि मोरङ घर भई काठमाडौंको चाबहिल बस्दै आएका पठाओ चालक विकास शाक्यको बा ५० प ३८२ नम्बरको मोटरसाइकल समेत खसेको थियो । चालक शाक्य सकुशल छन् भने उनको मोटरसाइकलमा क्षति पुगेको छ ।
काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलका एकाविहानै सडक भासिएको हो ।
मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि सो अवस्था आएको हो । पानीको फोर्सले पिच सडक पनि भत्काएको छ ।
सडक बीचमा क्षति पुगेकाले दुवैतर्फको उक एक लेन खुला गरेर सडक सुचारु गरिएको छ ।

 

प्रकाशित मिति : २० असार २०८१, बुधबार  ५ : १० बजे