१० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काभ्रेको भकुण्डेबेँसीको हार्डवेयर पसलमा आगलागी



१९ असार । काभ्रे भकुण्डेबेँसीमा रहेको एक हार्डवेयर पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। गएराति साढे ११ बजे नमोबुद्ध नगरपालिका-७ भकुण्डेबेँसी बजारस्थित गोविन्द अधिकारीको घरमा स्थानीय महेश आचार्यले सञ्चालन गरेको सुप्रिमा पेन्ट्स एण्ड हार्डवेयर पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

मध्यराति एक्कासी आगलागि हुँदा तीनतले घरको भुइँ तलाको ४ वटा कोठामा सञ्चालित हार्डवेयर र रङका सबै सामान पूर्ण रुपमा जलेर नष्ट भएको छ।
डेढ घण्टा लगाएर स्थानीयवासी, प्रहरी र नेपाली सेनाले दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिएका छन्।

प्रकाशित मिति : २० असार २०८१, बुधबार  ७ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।