१० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा व्यवसायीमाथि खुकुरी प्रहार घटनाः भैसेपाटीका राजेन्द्र केसीले गरे आत्मसमर्पण



१९ असार । ललितपुरमा व्यवसायीमाथि खुकुरी प्रहार घटनामा संलग्न एक व्यक्तिले आत्मसमर्पण गरेका छन्। असार ७ गते दिउँसो १२ः४५ बजे ललितपुर महानगरपालिका–९ छेडामा ४० वर्षीय मनोज कुमार बानियाँमाथि खुकुरी प्रहार भएको थियो। उनीमाथि खुकुरी प्रहार गरेको घटनामा संलग्न ललितपुरको भैसेपाटी बस्ने राजेन्द्र केसीले आत्मसमर्पण गरेका हुन्।

उनीमाथि ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा ८ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
यस घटनामा संलग्न अन्य व्यक्तिहरू अझै फरार छन्। प्रहरीले उनीहरूको पहिचान खुलाइसकेको छ।

प्रकाशित मिति : २० असार २०८१, बुधबार  ८ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।