१० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


थापाथली बागमती पुलमुनि मृत भेटिएका युवक बैतडी, हत्याको आशंका



१९ असार । काठमाडौंको थापाथलीस्थित बागमती पुलमुनि मृत भेटिएका युवक बैतडीका भएका खुलेको छ। बैतडी पुचौडी नगरपालिका–८ मल्लादेही घर भई हाल मैतिदेवी बस्ने वर्ष २४ को गोविन्द बहादुर बोहरा रहेको प्रहरी अनुसन्धानमा खुलेको हो।

असार १७ गते साँझ अन्दाजी ५ बजेको समयमा नदीले बगाई ल्याएको अवस्थामा थापाथलीस्थित बागमती पुलमुनी उनको शव फेला परेको थियो। प्रहरीले शव पोष्टमार्टमका लागि फरेन्सिक मेडिसिन विभाग महाराजगञ्ज पठाएकोमा मृतकका काका हाल किर्तिपुर–६ चारघरे बस्ने वर्ष २८ का महेश बोहराले मृतकको सनाखत गरेका हुन्।

मृतक गोविन्द असार १५ गते पशुपति क्षेत्रबाट हराई बेपत्ता भएको भएको महेशले प्रहरीसँग बताएका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २० असार २०८१, बुधबार  ११ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।