२४ असार २०८१, आइतबार | Sun Jul 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बलिउड अभिनेत्री सोनाक्षी सिन्हा हनिमुनमा



काठमाडौँ
१९ असार । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले जहीर इकबालसँगको रोमान्टिक तस्विर सेयर गरेकी छिन् । मिडिया रिपोर्टका अनुसार यी तस्बिरहरू दुवैको हनिमुनका बेला खिचिएका हुन्, यद्यपि यी दुवैले आफ्नो हनिमुन कहाँ मनाउँदैछन् भन्ने जानकारी अहिलेसम्म सार्वजनिक भएको छैन ।

मंगलबार साँझ सोनाक्षीले आफ्नो इन्स्टाग्राम स्टोरीमा जहीरसँग स्विमिङ पुलमा रहेको तस्बिर सेयर गरेकी छिन् ।

तस्बिरहरूमा जहीर–सोनाक्षी एक अग्लो भवनको स्विमिङ पुलमा रहेको बुझ्न सकिन्छ । तस्विर शेयर गर्दै सोनाक्षीले लेखिन्, ‘सुन्दर सूर्यास्त’ । यससँगै उनले हार्ट इमोजी पनि बनाएका छन् ।

जहीरले यी तस्विरहरू पुनः सेयर गर्दै सोनाक्षीको लागि रोमान्टिक क्याप्सन पनि लेखेका छन् । सोनाक्षीको सौन्दर्यको तुलनामा सूर्यास्त फिक्का भएको भन्दै उनले लेखेका छन्, ‘मैले योभन्दा धेरै सुन्दरता देखेको छु ।

सोनाक्षीले गत जुन २३ मा जहीरसँग विवाह गरेकी हुन् । उनले दर्ता विवाह गरेकी हुन् । उनको विवाहपछि हिन्दु–मुश्लिम विवाह भएको भन्दै विवाद समेत भएको छ । उनका भाई विवाहमा उपस्थित नभएको विषय पनि भारतीय मिडियामा चर्चाको विषय बनिरहेको छ ।

प्रकाशित मिति : २० असार २०८१, बुधबार  ३ : ३९ बजे