२४ असार २०८१, आइतबार | Sun Jul 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केवि उप्रेती पक्राउ



काठमाडौँ
१९ असार । आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले आज बालाजुबाट पक्राउ गरेको छ ।
उप्रेतीलाई पक्राउ गरी प्रहरी वृत्त महाराजगञ्जमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले भने, “अध्यक्ष उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ, यस विषयमा विस्तृत भोलिसम्म भन्न सकिन्छ ।”
सहकारी संस्थाको बचत रकम हिनामिना गरेको जाहेरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८१, बुधबार  ४ : २४ बजे