१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कीर्तिपुरको दर्शन सहकारीले बचत कर्ताको रकम फिर्ता गर्ने



२० असार । कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्थाले आइतबारबाट बचत फिर्ता गर्ने भएको छ । सहकारीले बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय अन्तर्गत सहकारी रजिष्ट्रारको कार्यालयलाई पत्र लेख्दै बचतफिर्ताको जानकारी गराएको हो ।

अध्यक्ष दिनेश दर्शनधारीले जारी गरेको पत्रमा भनिएको छ, यहि असार ७ गते पेस गरेको बिस्तृत बचतफिर्ता कार्ययोजना अनुसार ५ सयदेखि ५ हजारसम्म बचत गरेका २ हजार ५ सय १० जना बचतकर्ताको ५० प्रतिशतका दरले फिर्ता गरिने उल्लेख छ । आइतबारबाट ५ दिन बचतफिर्ता गर्ने कार्यतालिका अनुसार सहकारी कार्यालयमा भीडबढी हुने भएकाले सुरक्षाकालागि सम्बन्धीत निकायमा जानकारी गराएको अध्यक्ष दिनेश दर्शनधारीले बताए ।

उनले भने, ‘अहिले साना बचतकर्ताको रकमबाट सुरुवात गर्दैछौं । यसअघि असार मसान्तबाट बचत फिर्ताको योजना बनाएका थियौं । तर, बचतकर्ताको आवश्यक र सम्पत्ती व्यवस्थापनबाट प्राप्त रकमका आधारमा तोकिएको मिति अघि नै बचतफिर्ता गर्न लागेका हौं’ । यसबाट ठुला बचतकर्ताहरुलाई पर्न जाने असुविधाप्रति क्षमा चाहान्छौं उनले भने ।

‘संस्थाको सचिव ज्यूको संयोजकत्वमा सम्पत्ती व्यवस्थापन समितिले पछिल्लो समय चलअचल सम्पत्ती बिक्रिबाट प्राप्त रकमलाई सहकारीको बैंक खातामा जम्मा गरेको छ । सोहि अनुरुप पहिलो चरणमा वितरण सुरु गर्न लागेका हौं’ अध्यक्ष दर्शनधारीले भने ।

उनका अनुसार यहि असारबाटै दोस्रो चरणको बचतफिर्ता गर्ने र खातालाई सुन्यमा ल्याएर बन्दगरिने योजना रहेको बताए । सहकारीले विभिन्न चरणमा बचतफिर्ता गर्दै सुन्यमा ल्याउने तयारी गरेको छ । यता, बचतफिर्ताको माग गर्दै बचतकर्ताहरुले विभिन्न संघर्ष समिति बनाई धर्ना दिइरहेका छन् ।

प्रकाशित मिति : २१ असार २०८१, बिहिबार  १० : २२ बजे