११ माघ २०८१, शुक्रबार | Fri Jan 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका मेयर चिरीबाबुलाई दुई दिनमा अख्तियारको दुई पत्र



२० असार । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि थप एक पत्र पनि लेखेकाे छ । बुधबार अख्तियारले बाढी पीडितलाई रकम वितरण गरेको विषयमा महर्जनलाई बयानका लागि पत्र पठाएको थियाे । तर बिहीबार पुनः अख्तियारले प्रेस संयोजक नियुक्तिका विषयमा बयानका लागि अर्को पत्र पठाएको हो ।
आज अख्तियारका कर्मचारीले मेयर महर्जनकाे कार्यकक्षमै पुगेर उनलाई प्रेस संयोजक नियुक्तिका विषयमा बयानका लागि बोलाइएको पत्र दिएका हुन् । मेयर महर्जनलाई २६ र २८ असारमा अख्तियारले टंगालकाे कार्यालयमा बाेलाएकाे छ ।

यसअघि, २०७७ सालमा धापाखेल क्षेत्रका बाढी पीडितलाई महानगरको कार्यपालिका बैठकको निर्णय विपरीत एक लाख ५० हजार र दुई लाख रुपैयाँ राहत दिएकाे भन्दै उनीमाथि उजुरी परेकाे हाे । जसका लागि मंगलबार अख्तियारले बयानका लागि महर्जनलाई बोलाएको थियो ।

साथै महानगरमा प्रेस संयोजकको रुपमा रमा लइटेल र रुपकृष्ण कर्माचार्यलाई नियुक्ति दिएको विषयमा समेत पत्र काटेको छ । दुवै प्रेस संयोजक अघिल्लो कार्यकालमा समेत महानगरमा काम गरेका थिए ।

हिजाे मात्र ललितपुर महानगरपालिकाले अख्तियारकी आयुक्त डा. सुमित्रा अमात्यको चाकुपाटमा रहेकाे घरले सार्वजनिक जग्गा मिचेको भन्दै डोजर चलाएकाे थियाे । त्यसपछि, अख्तियारले हिजाे र आज गरी दुईवटा पत्र पठाएर उनलाई बयानका लागि बोलाएको हो ।

प्रकाशित मिति : २१ असार २०८१, बिहिबार  ११ : २३ बजे