२४ असार २०८१, आइतबार | Sun Jul 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चन्द्रागिरि-३ का वडाध्यक्ष तामाङविरुद्ध घुस मुद्दा



२० असार । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं २ का वडाध्यक्ष भाइकृष्ण तामाङविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनका लागि वडाध्यक्ष तामाङको निर्देशनमा स्थानीय धुर्वबहादुर कडायतले घुस उठाउने गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ ९ गते एक बिचौलियालाई नियन्त्रणमा लिएको थियो।

वडाध्यक्ष तामाङ र बिचौलिया भनिएका कडायतविरूद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। सेवाग्राहीबाट नगद दुई लाख र चेकबाट दुई लाख गरी चार लाख घुस लिएको पुष्टि भएकाले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति : २१ असार २०८१, बिहिबार  १ : ४१ बजे