१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको नक्सालमा दुर्घटना : स्कुटर चालकको मृत्यु



काठमाडौं
२१ असार । काठमाडौंको नक्सालमा भएको ट्याङ्कर र स्कुटरको दुर्घटनापछि स्कुटर चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १ नक्सालस्थित म्यारियट होटल सडकमा बा.२ ख ९६२३ नम्बरको ट्याङ्करले बा.प्र.०२–०४३ प २१२९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनापछि स्कुटरमा सवार काठमाडौं सितापाईला बस्ने ६१ वर्षीय ध्वोज बिष्टको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको हिमाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २२ असार २०८१, शुक्रबार  ६ : ५२ बजे