१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सातामा सुनको मूल्य तोलामा २६ सयले बढ्यो



२१ असार । पछिल्लो एक साताको तथ्यांक हेर्दा सुनको मूल्य तोलामा २६ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य पनि तोलामा ८० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । गएको साताको शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रतितोला एक हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ । गएको साताको शुक्रबार चाँदी प्रतितोला एक हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २२ असार २०८१, शुक्रबार  ७ : २६ बजे