११ माघ २०८१, शुक्रबार | Fri Jan 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं महानगर ८ मा खुला व्यायामशाला र बालबालिकाका लागि पार्क



२१ असार । काठमाडौं महानगरपालिकाको वडा नंं ८ ले बालबालिकाका लागि बाबु छिरिङ् चिल्ड्रेन पार्क र युवा तथा प्रौढका लागि खुला व्यायामशाला शुभारम्भ गरेको छ । वडाको तिलगंगा क्षेत्रमा पार्क निर्माण गरिएको छ भने पिङ्गलास्थान, भण्डारखाल, गुह्येश्वरी लगायतका खुला स्थानमा व्यायामका साधन तथा उपकरण राखिएको छ ।

सहरी जीवनशैलीलाई सक्रिय बनाउन खुला स्थानमा जान सक्ने वातावरण बनाउन प्रयास थालिएको छ । वडाध्यक्ष आशामान संगत भन्छन्, ‘सार्वजनिक स्थलको उपयोग बढ्न थालेपछि व्यक्ति व्यक्ति बिचको सम्बन्ध पनि नजिक हुन्छ । शारीरिक अभ्यासले स्वस्थ्य रहन मद्दत गर्छ । यसले जनस्वास्थ्य र पर्यावरण दुवै क्षेत्रमा लाभ दिन्छ ।’

उनका अनुसार करिब ७२ हजार लागतमा पार्क र करिब ७ लाख १० हजार लागतमा खुला व्यायामशालाका साधन तथा उपकरण खरिद गरिएका हुन् ।

 

प्रकाशित मिति : २२ असार २०८१, शुक्रबार  ८ : ११ बजे