१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कान्तिलोकपथमा पहिरो, सडक अवरुद्ध,यात्रु अलपत्र



ललितखबर
२२ असार । दक्षिण ललितपुर सडकखण्डमा पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध भएको छ । भट्टेडाँडा प्रहरी चौकीका अनुसार छपेली काल्चे सडकको बीचमा पर्ने पाङदुर भन्ने ठाँउमा मध्यराती पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
पहिरो गएपछि हेटौडाबाट काठमाडौंतर्फ आइरहेका र काठमाडौंबाट हेटौ जाने सवारीसाधनसँगै सयौं यात्रु अलपत्र परेका छन् ।
स्थानीय प्रदिप घिमिरेले झरिसँगै सडकमा गाडीहरुको लस्कर लागेको बताए । भने, ‘माथिबाट पहिरो झरिरहेको छ । सडकमा बस्नु जोखिम देखिन्छ ।’
कान्तिलोकपथ सडकखण्ड अन्र्तगत ललितपुरको तीनपानेदेखि बगुवासम्म पहाडको बीचमा सडक रहेको कारण हरेक बर्षा याममा पहिरो जाने गरेको छ ।
झरि रोकिएपछि मात्रै पहिरो हटाउन सकिने अवस्था रहेको प्रहरी चौकीले जानकारी दिएको छ । अहिले पनि निरन्तर झरि परिरहेको कारण पहिरो हटाउन सकिएको छैन ।

सडक अवरुद्ध भएसँगै स्थानीय माल्टा, प्युटार,गिम्दी, आश्राङलगायत उत्तरी मकवानपुरबाट राजधानी आउने यात्रु, तरकारी र दुधलगायतका सामाग्री ढुवानीमा समेत अवरोध भएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, शनिबार  १ : २२ बजे