१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं उपत्यकामा बर्षा : वागमतीको खोकना र मनहरामा जलसतह बढ्यो



ललितखबर
२२ असार । काठमाडौँ उपत्यकामा निरन्तरको बर्षासँगै नदिहरुको जल सतह बढेको छ ।
राष्ट्रिय विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचना अनुसार काठमाडौँ उपत्यकाको मनोहरा, खोकना, गोदावरी खोला ठैब र कोड्कु खोला झरुवारासीमा जल सतह बढेको छ ।
उपत्यकाका जलमापन केन्द्रहरुमा जलसतह बढ्ने क्रममा रहेको र सतर्कता तह नजिक पुगेकोले उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान सम्मै उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ ।

प्राधिकरणले तिनाउ नदी, बुटवल जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको, नदी तटिय क्षेत्रमा बाढीको जोखिम रहेको हुदाँ उच्च सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।
प्राधिकरणले थप वर्षा हुन सक्ने सम्भावना रहेकोले उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
पाल्पा जिल्लाको कुमलगाउँ, गण्डाकोट, जल्पा,अर्चले, बल्ड्याङ्गढी र आसपास मध्यम र भारी वर्षा मापन, सो क्षेत्र भई बहने निस्ती खोला लगायत साना नदीहरूमा आकस्मिक बाढीको जोखिम,तटीय क्षेत्रमा उच्च सतर्कता महाशाखाको आग्रह छ ।

प्रकाशित मिति : २३ असार २०८१, शनिबार  ३ : १७ बजे