२२ असार । । खोला तर्ने क्रममा काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ११ मा दुई जनाको मृत्यु भएको छ । आज साँझ ७ बजेतिर स्थानीय भ्याकुरे खोला तर्ने क्रममा वर्ष ६५ की जालमाया रुजाल मगर र निजकै भदैनी ५ वर्षिया सेतीमाया रुजाल मगरलाई खोलाले बगाएको हो । करिब ९ सय मिटर तल उनीहरुको शव फेला परेको छ ।
घटनाबारे जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी निरिक्षक कृष्ण गिरीको कमाण्डमा टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रतिक्रिया