२२ असार । अविरल बर्षापछि देशभर आज बाढी र पहिरोले वितण्डा मच्चाएको छ ।
बाढीपछि देशभर दर्जनौं घाइते र मृत्यु भएको अनुमान गरिएको छ । पछिल्लो समय राजधानीको मनहरा वागमती र विष्णुमती नदि बस्तीमा पसेको छ ।

दाङ, २२ असारः
दाङको घोराही उपमहानगरपालिका–१६ स्थित घोराही तुलसीपुर सडकखण्डमा दुर्घटनामा भएको रा १ ख २४४९ नम्बरको ट्रक । घोराहीबाट नारायणपुरतर्फ जाँदै गरेको ट्रकका चालकले अत्याधिक मादक पदार्थ सेवन गरेर चलाउँदा ट्रक खोलामा पल्टिएको हो । लेन्स : कुलदीप न्यौपाने/रासस




बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ मा रहेको सिधनवा घाटस्थित राप्ती नदीमा आएको बाढीले बगाएर ल्याएका दाउरा जोखिम मोलेर सङ्कलन गर्दै वडा नम्बर ६ का स्थानीयवासी । लेन्स : रुपनी जि एम/रासस

प्रतिक्रिया