६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


मनिषा कोइराला भन्छिन्, ‘तत्कालै विवाह गरिहाल्ने मूडमा छैन’



२४ असार । बलिवुड अभिनेत्री मनिषा कोइरालाले निजी जीवनबारे खुलेर बोलेकी छिन्।
फिल्मफेयरलाई दिएको एक अन्तर्वार्ताको क्रममा उनले आफूले सधैँ गलत मान्छेलाई मात्रै प्रेम गरेको बताइन्।
उनले आफ्नो पुरानो सम्बन्धको बारेमा कुरा गर्दै भनिन्, ‘विगतमा गलत मानिसलाई मात्रै मैले प्रेम किन गरे थाहा छैन। म सोच्थे, म किन बारम्बार यस्तो गर्दैछु या फेरि म भित्र नै कुनै समस्या छ। जो म पटकपटक गलत मानिसप्रति आकर्षित हुन पुग्छु।’
उनले थपिन्, ‘मैले यति मात्रै बुझेकी मलाई जसले समस्या दिँदैछ त्यसलाई मात्र ठीक गर्न आवश्यक छ।’

पछिल्लो ५–६ वर्षदेखि आफू एक्लै रहेको भन्दै उनले तत्कालै विवाह गरिहाल्ने वा प्रेममा परिहाल्ने मूडमा नरहेको पनि बताइन्।
उनले मैले आफूमाथि अझै काम गर्न बाँकी रहेको हुँदा त्यसमै म केन्द्रीत रहने बताइन्।
५३ वर्षीया मनिषाले भनिन्, ‘मलाई आशा छ आउने दिनमा मेरो जीवनको कुनै मोडमा मलाई यस्तो कनेक्सन भेट्नेछ, जसले मलाई बुझ्न सक्छ। र, म त्यस्तो सम्बन्धमा आउन चाहन्छु जहाँ एकले अर्कालाई स्वीकार गर्छ।’

 

प्रकाशित मिति : २५ असार २०८१, सोमबार  ११ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।