१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा अफलाइन राइड गर्ने क्रममा दुर्घटना भएपछि भागेका तीन जना पक्राउ



२४ असार । काठमाडौंमा अफलाइन राइड गर्ने क्रममा दुर्घटना भएपछि भागेका तीन जना मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

असार १५ गते काठमाडौं महानगरपालिका–१ जमल कान्तिपथस्थित होटल यल्लो प्यागोडा अगाडि दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनापछि भागेका राइडरहरूलाई आइतबार नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा जुम्ला घर भई काठमाडौंको तार्केश्वर बस्ने २२ वर्षीय तेज रावल, जुम्ला घर भई मण्डिखाटार बस्ने २३ वर्षीय पदम धिताल र २५ वर्षीय सुरेश अधिकारी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार असार १५ गते राति साढे ९ बजेतिर गोर्खा सिरानचोक–२ की अनु गुरुङ ललितपुर महानगरपालिका–२३ हात्तीवन जान लागेकी थिइन् ।

उनीसँगै उनका २ जना साथीहरू पनि गोङ्गबुबाट हात्तीवन जान लागेका थिए । उनीहरूलाई तेज रावलसहित तीन जनाले अफलाइन राइडमार्फत गन्तव्यमा लग्दै थिए ।

जमल पुग्दा तेजले चलाएको प्रदेश नम्बर ३–०२–००७ प ६६७९ नम्बरको पल्सरबाट अनु खसेकी थिइन् ।

एसपी अधिकारीका अनुसार मोटरसाइकलबाट खसेपछि पदमले चलाएको बा ३६ प ३२४ नम्बरको सीबीजेड मोटरसाइकलले अनुलाई ठक्कर दिएको थियो ।

ठक्करबाट अनुको टाउकोमा गम्भीर चोट लागेपछि उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । उपचारको क्रममा असार १८ गते अनुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएपछि अफलाइन राइडरहरू घटनास्थलबाट भागेका थिए ।

प्रहरी वृत्त दरबारमार्ग र जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त टोलीले तीन जना राइडरहरूलाई नियन्त्रणमा लिएको एसपी अधिकारीले जानकारी दिए ।

प्रहरीले तीनै जनामाथि ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २५ असार २०८१, सोमबार  २ : ०४ बजे