२५ असार । काठमाडौं महानगरपालिकाले कर नतिर्ने ४४ वटा डान्सबार, दोहोरी र क्लबको नाम सार्वजनिक गरेको छ ।
महानगरपालिकाले मनोरञ्जन कर बुझाउन लिखित, फोन वा मौखिक जानकारी गराएतापनि कर नबुझाउने ४४ वटा डान्सबार, दोहोरी र क्लबको नाम सार्वजनिक गरेको हो ।
महानगरले ४४ कम्पनीलाई ३५ दिन भित्र कर बुझाउन निर्देशन दिएको छ । पटक पटक ताकेता गर्दा पनि कर बुझाउन नआएपछि महानगरपालिकाले मंगलाबर सार्वजनिक सूचनामार्फत ३५ दिनभित्र कर बुझाउन आउन आग्रह गरेको हो । उक्त कम्पनीहरुले ३५ दिनभित्र कर नबुझाए आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गर्ने समेत चेतावनी दिएको छ ।
प्रतिक्रिया