२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


लगनखेलस्थित श्रीराम फार्मेसीका सञ्चालक पक्राउ



२६ असार । ललितपुरको लगनखेलस्थित श्रीराम फार्मेसीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सञ्चालक लक्ष्मण महर्जन छन् ।
औषधी व्यवस्था विभागको आग्रहमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताए ।

औषधि व्यवस्था विभाग बबरमहलबाट खटिएको टोलीले अनुगमन गर्दा सो फार्मेसीमा खरिद गरेको बिल नभएको औषधी भेटिएको थियो । खरिद बिल बिनाको औषधी भेटिएपछि विभागले फार्मेसी सिल गरेको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बुधबार  ११ : ३२ बजे