१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘गुन्यो चोलो उर्फ गुलाबी’मा होसै उडाउने लुक्समा अभिनेता नाजिर हुसेन



काठमाडौं
२७ असार । चलचित्र ‘गुन्यो चोलो उर्फ गुलाबी’मा अभिनेता नाजिर हुसेन अनौठो अवतारमा देखिएका छन् । चलचित्रको सार्वजनिक पोस्टरमा उनको लुक्स होसै उडाउने किसिमको देखिन्छ ।
च्लचित्रको पोस्टर सार्वजनिक गरिएसँगै यहीँ कार्तिक ९ अर्थात अक्टोबर २५ बाट प्रर्दशनको घोषणा गरिएको छ ।
नाजिरको लुक्स र पोस्टरले नै चलचित्रको कथावस्तु बोल्ने निर्माण पक्षले जानकारी दिएको छ । सिने क्षेत्रमा भर्सटायल अभिनेताको छवि बनाएका नाजिरले यस चलचित्रमा पनि कडा मेहेनत गरेको बताइएको छ । नाजिरले चलचित्रकै लागि भनेर आफ्नो १६ केजी तौलसमेत घटाएको बताइएको छ ।
पोस्टरमा नाजिर पहेलो रङ्गको वान पिसमा छन। उनले एउटा हातमा विग(नक्कली कपाल) बोकेका छन भने अर्को हातमा हिल्स बोकेका छन। उनको शरीरमा कहिँ कतै चोटको निशान छ। उक्त चोटको निशानले नाजिरको पिडा देखाउँछ। नाखमा नथिया, कानमा झुम्का र पुरै श्रृङ्गारमा सजिएका नाजिरको ’ट्रान्सवुमन लुक्स’ आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ। पोस्टरका अनुसार चलचित्रमा नाजिरको पात्रको नाम ’गुलाबी’ राखिएको छ।
यस चलचित्रलाई निर्देशक समुन्द्र भट्टले निर्देशन गरेकी हुन । नाजिरले यस चलचित्रको चरित्र निर्माणका साह्रै संघर्ष गरेको बताएका छन । निर्देशक भट्टले चलचित्रको पटकथा निर्माण र अनुसन्धानमा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरु ’निलहिरा समाज’ र ’मितीनी नेपाल’ संग पनि परामर्श गरेको र चलचित्र धेरै खोज र अनुसन्धानपछि निर्माण भएको निार्माण पक्षको दाबी छ ।
अमेरिकी कम्पनी ’भिजन ईन्टरटेन्मेन्ट’ र ’दि स्काई ओसन ईन्टरटेन्मेन्ट’ को ब्यानरमा निर्माण भएको चलचित्रले पारलैंङ्गिकताको कथालाई उठान गरेको छ। चलचित्रमा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ। नाजिरको अलावा चलचित्रमा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भुमिकामा देख्न सकिन्छ।
चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन भने ब्याकग्राउन्ड म्युजिकको सम्पुर्ण काम मार्सेलो दि फ्रान्सिसीले गरेका छन। लिजाले स्वर भरेको वर्ष २०२४ कै बहुप्रतिक्षित हलिउड चलचित्र ’ग्ल्याडिएटर–२’ यहीँ डिसेम्बरमा आउँदैछ।

नेपालको पहिलो पुर्णरुपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्र नेपाली फिल्म प्रोड्क्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोलाबोरेसनमा बनेको हो। चलचित्रमा आकाश बुढाथोकी र भि.भन्से जानुबोनको लगानी छ। चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन। भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन।
आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना, विजय बस्यालको प्रोड्क्सन डिजाईन र सुरक्षा भट्टराईको मिडिया कोर्डिनेसन रहेको छ। चलचित्रमा पुष्कर लामा प्रोडक्सन हेडमा र राम भण्डारी क्रिएटिभ हेडमा छन।

प्रकाशित मिति : २८ असार २०८१, बिहिबार  ४ : २० बजे