२८ असार । निरन्तरको बर्षापछि राजधानी काठमाडौं आउने जाने राजमार्गहरु पछिल्लो समय अवरुद्ध छन् ।
सडक अवरुद्ध भएपछि हजारौं यात्रु अलपत्र परेसँगै सास्ती भोग्न बाध्य बनेका छन् । बाढीपछि प्रहरी प्रशासन र गोताखोर खोज र उद्दारमा पचिचालित भएको छ ।
बढी पहिरोपछि अवरुद्ध भएका राजमार्गहरुका दृश्यहरु :
नारायणगढ मुग्लिन सडक खण्डको सिमतल तालमा शुक्रबार बिहान गएको पहिरोले बस त्रिशुलीमा बगाएपछि खोजीको तयारी गर्दै सुरक्षा निकायका अधिकारीहरु । लेन्स : नारायण अधिकारी/राससनारायणगढ मुग्लिन सडक खण्डको सिमलतालमा शुक्रबार बिहान गएको पहिरो । उक्त सडकको पहिरो पन्छाइँदै छ । लेन्स : नारायण अधिकारी/राससतनहुँको व्यास नगरपालिका–१२ कमलाबारी नजिकै शुक्रबार बिहान झरेको पहिरोले अवरुद्ध भएको राजमार्ग । लेन्स : कृष्ण न्यौपाने/राससनारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालमा शुक्रबार बिहान गएको पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बस र यात्रुको खोजीका लागि परिचालन भएका सुरक्षाकर्मी । लेन्स : कृष्ण आचार्य/राससचितवनको इच्छाकामना–३ फिस्लिङ र मौवाखोलाको बीच सडकमा शुक्रबार बिहान खसेको पहिरो पछाइँदै । लेन्स : हीरालाल गुरुङ/राससपृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाटमा खसेको पहिरो डोजरको सहायताले पन्छाउँदै । लेन्स : शंकर श्रेष्ठ/रासस
प्रकाशित मिति :
२९ असार २०८१, शुक्रबार ५ :
२५ बजे
तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया