२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


दक्षिणकालीमा पर्खाल भत्किएर बालिकाको मृत्यु, पाँच जनाको सकुशल उद्धार



काठमाडौँ
२८ असार । काठमाडौँको दक्षिणकालीस्थित थाई गुम्बा नजिकैको पर्खाल भत्किएर एक बालिकाको मृत्यु भएको छ । सो घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ ।

काठमाडौँ उपत्यका प्रहरी प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार आज अपराह्न चार बजे उक्त पर्खाल भत्किएर ६ जना पुरिएका थिए । घटनामा परेका सबैको उद्धार गरिएकामा उपचारका क्रममा पाँच वर्षीया पल्जोम तामाङको मृत्यु भएको उनले बताएका छन् । उक्त घटनामा १२ वर्षीया पासाङ डोल्मा तामाङ, ११ वर्षीया स्याङ्वो शेर्पा, १० वर्षीया सुनिता तामाङ, आठ वर्षीया ममता तामाङ र मनकुमारी तामाङ घाइते भएका प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै फर्पिङबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले स्थानीयवासीको सहयोगमा उनीहरुको उद्धार गरेको थियो । घाइते सबैको बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा परेका सबै सोही स्थानमा रहेको थाई गुम्बामा बस्ने बालबालिका भएका बताइएको छ ।

 

प्रकाशित मिति : २९ असार २०८१, शुक्रबार  ३ : २२ बजे