२९ असार । साउन २० गतेसम्म थानकोट–चित्लाङ सडक बन्द हुने भएको छ । सेतो पहरो क्षेत्रमा एक महिनादेखि बिहान १० देखि बेलुका ५ बजेसम्म सडक बन्द गरेर उच्च ग्रेड कम गर्ने र साँघुरो ठाउँमा फराकिलो बनाउने काम भइरहेको छ ।
कडा चट्टानका कारण सडकको काममा ढिलाइ भएकोले आउँदो साउन २० गतेसम्मको लागि थानकोट–चित्लाङ सडक बन्द हुने सडक डिभिजन काठमाडांैले जनाएको छ ।
अब साउनको २० गतेसम्म वैकल्पिक बाटोको प्रयोग गरेर यात्रा गर्न सडक डिभिजन काठमाडौंले आग्रह गरेको छ ।
प्रतिक्रिया