१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण



२९ असार । बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ ।
अक्षयकुमारले आफूलाई कोरोना संक्रमण भएकाले अलग बसेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
चलचित्रको सरफेराको प्रमोशनको क्रममा अक्षयलाई कोरोना संक्रमण भएको बताइएको छ । उनलाई शुक्रबार बिहान कोभिड पोजिटिभ भेटिएको थियो ।
यसअघि २०२२ मा पनि अक्षय चलचित्र ‘राम सेतु’ को सुटिङका क्रममा कोरोना संक्रमित भएका थिए । यस अवधिमा अक्षय बाहेक टोलीका अन्य सदस्यहरू पनि कोभिड पोजिटिभ भेटिएका थिए । त्यस अघि २०२१ मा पनि अक्षय कोभिड पोजिटिभ थिए ।

अक्षयकुमारको नयाँ चलचित्र ‘सरफिरा’ हिजो शुक्रबार प्रर्दशन भएको छ । यो चलचित्र दक्षिणका व्यापारी जीआर गोपीनाथको जीवनमा आधारित छ जसमा अक्षय मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति : ३० असार २०८१, शनिबार  ४ : १६ बजे