२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


स्पेनले उचाल्यो २०२४ को युरोकप उपाधि



३१ असार । युरोकप २०२४ को उपाधि स्पेनले जितेको छ । भर्खरै सकिएको फाइनलमा इंग्ल्याण्डलाई २-१ गोलले पराजित गर्दै स्पेन चौथोपल्ट युरापेली च्याम्पियन बनेको हो । स्पेनका लागि ४७ औं मिनेटमा निको विलियम्स र ८६ औं मिनेटमा ओयारजबालले गोल गरे । इंंग्ल्याण्डका लागि ७३ औं मिनेटमा पाल्मरले गोल गरेका थिए ।

यसअघि स्पेनले सन् १९६४, २००८ र २०१२ मा युरोकप तथा २०१० मा विश्वकप उपाधि जितेको थियो ।

यसपल्ट निकै लयमा खेलेको स्पेनले १२ वर्षअघिको सनसनी फर्काउँदै उपाधि आफ्नो पोल्टामा पार्‍यो । स्पेनले शतप्रतिशत जितसहित युरोकप जित्ने कीर्तिमान पनि बनायो । उसले प्रतियोगितामा उपाधिका दाबेदार मानिएका इटाली, आयोजक जर्मनी, विश्वकपको उपविजेता रहेको फ्रान्स तथा तेस्रो भएको क्रोएसियालाई पराजित गरेको थियो ।

इंग्ल्यान्ड र स्पेन सन् २०१८ पछि पहिलोपटक भिडेका हुन् । यसअघि युरोकपमा स्पेनले इंग्ल्याण्डलाई हराउन सकेको थिएन । आफूमाथि इंग्ल्याण्डको अपराजित यात्रालाई पनि स्पेनले ब्रेक लगाइदियो ।

लगातार दोस्रोपल्ट फाइनलमा पुगेको इंग्ल्याण्ड फेरि असफल भयो । ५८ वर्षपछि कुनै प्रमुख फुटबल उपाधि जित्ने अवसरमा चुक्यो । सन् १९६६ मा घरेलु मैदानमा विश्वकपको उपाधि जितेयता इंग्ल्यान्डले कुनै ठूलो उपाधि हात पार्न सकेको छैन । २०२१ को फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा हारेर इंग्ल्याण्ड घर फर्केको थियो ।

 

प्रकाशित मिति : ३२ असार २०८१, सोमबार  ३ : २७ बजे