१३ माघ २०८१, आइतबार | Sun Jan 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


इन्द्रावतीमा बाढी, तीनवटा झोलुङ्गे पुल बगायो



३१ असार । याङग्री खोला थुनिएर इन्द्रावतीमा बाढी आउँदा तीनवटा झोलुङ्गे पुल बगाएको छ । बाढीले याङग्री, चिलाउने र चिन्डे–जतन जोड्ने झोलुङ पुल बगाएको हो । पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले इन्द्रावतीको बाढीले नदी किनार आसपासका स्थानीयका जग्गाहरु क्षत विक्षत बनाएको बताए ।
इन्द्रावती नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगाएको छ । चिनियाँपुल, माझीरुम्टी, तिपेनी, खस्रेबालुवा र खाल्डेखोलाजस्ता बस्ती बजार र अस्पताल पनि जोखिममा छ ।

मेलम्चीबाट पाँचखोरी जाने बाटो कटान भएको छ । तिपेनी बजार छेउमै १०० मिटर जति पूरै बाटो बगाएको छ । अन्य स्थानमा समेत ढलान गरेको बाटो बगाएको छ । खाल्डेखोलादेखि तिपेनीसम्म सडकसमेत अवरुद्ध भएको छ ।

७.५ मेगावाट क्षमताको इन्द्रावती जलविद्युत् आयोजनाको पाँचपोखरीको तिपेनीमा हेडवर्क्स बालुवाले भरिएको छ । सबस्टेसन र पावर हाउसमा क्षति पु¥याएक अध्यक्ष लामाले जानकारी दिए । यो नेशनल हाइड्रोपावरको आयोजना हो । जिल्लाको क्षेत्र नम्बर २ का अधिकांश भागमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

 

 

प्रकाशित मिति : ३२ असार २०८१, सोमबार  ९ : ३७ बजे