१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


वैवाहिक बलात्कारको मुद्दामा गायक रवि ओडले पाए सफाइ



३१ असार । गायक रवि ओडले वैवाहिक बलात्कारको मुद्दामा सफाइ पाएका छन् ।
गायक रवि ओडकी आफ्नै श्रीमतीले श्रीमान् गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दायर गरेकी थिइन् । उनले गएको २०८० चैत २० मा कञ्चनपुर इलाका प्रहरी कार्यालय झलारीमा उजुरी समेत दिएकी थिइन् ।
कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले आज अभियोग दाबी नपुग्ने फैसला गरेको हो ।
परिवर्तित नाम ७५ झलारी २९ कुमारी (ओडकी पत्नी)ले जेठ २ गते गायक ओड (७५ झलारी २९ (क) कुमार)विरुद्ध वैवाहिक जबर्जस्ती करणीको मुद्दा दायर गरेकी थिइन् ।
ओडविरुद्ध उनले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै मुद्दा दर्ता गरेकी हुन् ।
प्रहरी नियन्त्रणमा रहेका गायक ओड चाहिँ अदालतको आदेशपछि ५ लाख धरौटीमा रिहा भएका थिए ।

 

प्रकाशित मिति : ३२ असार २०८१, सोमबार  ३ : ४३ बजे