५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरमा श्रम बैंकमार्फत ९ सय ११ जनाले पाए रोजगारी



१ साउन । काठमाडौं महानगरले सञ्चालनमा ल्याएको श्रम बैंकमार्फत ९११ ज्नाले रोजगारी पाएका छन् ।
काठमाडौं महानगरका मेयर वालेन साहका अनुसार महानगरको श्रम बैंक मार्फत ३२९ जनालाई निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदा नगरिएको हो ।
काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ बर्षको कार्ययोजना बनाई कम्तिमा १५००० जनालाई तालिम तथा ५००० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ’रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ’श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको मेयर बालेनले बताएका छन् ।
सामाजिक सञ्जालमार्फत मेयर बालेनले आर्थिक बर्ष २०८०÷८१ मा सीप मेला २०८१ मार्फत २५५५ जना, महानगरको तालिम केन्द्रहरुमार्फत १४६७ जना र अनलाइनमार्फत २००० गरि जम्मा ६०२२ जनाले तालिम सम्पन्न गरेका जानकारी दिएका छन् ।
यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरि जम्मा ९११ जनाले रोजगारी पाएका छन् । जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको उनको दाबी छ । महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरु रोजगार÷स्वरोजगार भएको समेत उनको भनाई छ ।
उनका अनुसार महानगरको सानो प्रयासले १ आर्थिक बर्षमा १७०० भन्दा बढी नेपाली दाजुभाई दिदीबहिनीहरू रोजगार÷स्वरोजगार भएका छन् । उनले यो काम लक्ष्य भन्दा धेरै सानो संख्या भएको र आर्थिक बर्ष २०८१÷८२ मा दुवै योजनाहरूलाई थप परिस्कृत गरि लक्ष्यभन्दा अधिक उपलब्धि हासिल हुने गरि बजेट तथा कार्यक्रमहरु तयार गरेको उनको दाबी छ । सिप मेलामा फर्म भरेका सबैलाई तालिम तालिका अनुसार तालिम उपलब्ध गराउने र समय र स्थान एसएमएस मार्फत जानकारी गराउने उनले आश्वासन दिएका छन् ।
मेयर साहले व्यवसाय, संघ संस्था कार्यालयका लागि सीपयुक्त दक्ष जनशक्ति आवश्यक परेमा काठमाडौँ प्लाजास्थित महानगरको श्रम बैंक वा वेबसाइटमा भएको लिंक मार्फत सम्पर्क गरी सेवा लिन सकिने समेत जानकारी गराएका छन् । एउटै पदका लागि १० जनाभन्दा बढी जनशक्ति आवश्यक भएमा मागकर्ताकै सिलेबसमा आधारित तालिम दिई रोजगारीमा पठाउने व्यवस्था मिलाएका उनको भनाई छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  २ : २३ बजे