१२ पुस २०८१, शुक्रबार | Sat Dec 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नयाँ आर्थिक वर्षको पहिलो दिन शेयर बजारमा उछाल



१ साउन । नयाँ आर्थिक वर्ष २०८१-८२ को पहिलो दिन आज शेयर बजारमा उछाल आएको छ । बजार उचालिएसँग नेप्से २३ सय अंक माथि पुग्दा कारोबार रकम पनि ९ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७०.१८ अंकले बढेको हो । ३.१३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २३१०.५९ अंकमा पुगेको छ ।

बजारमा उछाल आए पनि म्युचुअल फण्ड ०.४२ प्रतिशतले घटेको छ भने बाँकी समूहमा हरियाली छाएको छ । हाइड्रो समूह सबैभन्दा बढी ५.४५ प्रतिशतले बढेको हो ।

आज ३१५ कम्पनीका २ करोड ५८ लाख ३६ हजार २ सय ८५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६ सय ४२.४१ रुपियाँ बराबरको कारोबार भएको छ ।

आज विभिन्न ५ कम्पनीका लगानीकताहरुले १०–१० प्रतिशतले नाफा कमाउँदा थप ११ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी नाफा कमाए । सिन्धु विकास बैंक, बरुण हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत कम्पनी र मन्दाकिनी हाइड्रोका लगानीकर्ताले १०–१० प्रतिशत नाफा कमाएका हुन् ।

आज ४९ कम्पनीका लगानीकर्ताले मात्रै घाटा व्यहोरे । नेपाल इन्भेष्टमेन्ट ऋणपत्र २०८२, एनआईबीएल ग्रोथ फण्ड र एलबीबीएल ऋणपत्र २०८९ का लगानीकर्ताहरुले १०–१० प्रतिशतले घाटा व्यहोरे । आईसीएफसी फाइनान्स र प्राइम ऋणपत्र २०८८ का लगानीकर्ताहरुले ९.६५ र ९.१४ प्रतिशतले घाटा व्यहोरे ।

ङादी ग्रुप पावरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २१ करोड ७७ लाख ४९ हजार १ सय १७.३० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  १० : ४५ बजे