११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कृषि प्राविधिक कर्मचारीहरूको आन्दोलन स्थगित



२ साउन । गत असार १६ गतेदेखि धर्ना बस्दै आएका कृषि प्राविधिक कर्मचारीहरूले आन्दोलन स्थगित गरेका छन् ।

१५ दिनभित्र आवश्यक निकासा दिन पहल गर्ने भन्दै कृषिमन्त्री रामनाथ अधिकारीले आश्वासन दिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवेशद्वारमा धर्ना बस्दै कर्मचारीहरूले आन्दोलन स्थगित गरेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेलले आफूले मन्त्रीको आग्रहमा दुई साताका लागि धर्ना स्थगित गरेको बताए । तर आफ्नो माग पूरा नहुँदासम्म काममा भने नफर्कने उनले बताए ।

कृषि मन्त्रालय मातहतका विभिन्न कार्यालयमा कार्यरत तीन सय बढी प्राविधिक कर्मचारीहरू आफ्नो वृत्ति विकास हुन नसकेको भन्दै धर्नामा बसेका थिए । २०८१ आषाढ १६ गतेदेखि मन्त्रालयको प्रवेशद्वारमा कर्मचारीहरूले धर्ना दिईरहेका थिए ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ८ : २९ बजे