३ साउन । एउटा पाटीमा एक हुल मान्छेहरु खाना पकाइरहेका छन् । यसै क्रममा एक पोका चामल फ्याकेर अचानक आवाज आउँछ, ‘मलाई पनि खाना बनाइदिनुस् है ।’
‘केही क्षणमा उनीहरु बहिनी खाना खान आउनुस् ।’ तर भ¥याङमाथिबाट कपडा बेरिएको एउटा लास खस्छ ।
चलचित्र मोदीबेनीको विहीबार सार्वजनिक भएको दृश्य हो । यही डरलाग्दो दृश्यबाट चलचित्रको उडान गरिएसँगै गम्भिर विषयमा चलचित्र निर्माण गरिएको अनुमान लगाउन सकिन्छ ।
चलचित्रमा अभिनेत्री बर्षा सिवाकोटीको भूमिका सशक्त रहेको टे«लर हेरेर बुझ्न कठीन हुँदैन । उनी नव अभिनेता अमर प्रताप श्रेष्ठसँगको रोमान्ससँगै डरलाग्दो अवतारमा समेत प्रस्तुत भएकी छिन् ।
ट्रेलरमा दर्जनौँ चलचित्रमा काम गरेकी रेजिना उप्रेती वर्षाको आमाको भूमिकामा देखाइएको छ । उनलाई सेतै फुलेको कपालमा देख्न सकिन्छ । सेतै फुलेको लामो दाह्री र जुँगामा धेरै चलचित्रमा चकलेटी भूमिका निभाएका अभिनेता सरोज खनाल बुढयौली चरित्रमा उतारिएको छ ।
डेब्यु अभिनेता अमरप्रताप श्रेष्ठको लुक्स सुन्दर हिरोको जस्तो देखिन्न । उनको अभिनय नयाँ कलाकारको जस्तो छैन । औसत अभिनय क्षमता देखाएको ट्रेलरबाट बुझ्न सकिन्छ । उनले एक्सन र नृत्यमा समेत औसल क्षमता देखाएको भान हुन्छ । यद्यपी चलचित्र पुरा नहेरी उनको अभिनयबारे केही भन्न सकिने अवस्था भने छैन ।
चलचित्रले पर्वत र वाग्लुङ क्षेत्रको ग्रामिण विषयबस्तु उठाएको बताइएको छ । चलचित्रको पात्र र विषयबस्तु समेटिएको ट्रेलरले चलचित्र सामान्य भन्दा भिन्न रहेको अनुमान लगाउन गाह्रो पर्दैन ।
ट्रेलरले थोरै कौतुहल मेटाएको छ भने धेरै सस्पेन्स लुकाउन सफल छ ।
यही साउन १८ गते प्रर्दशन हुने नेपाली चलचित्र ‘मोदीबेनी’को अफिसियल ट्रेलर बिहीबार काठमाडौंको नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा निर्माण पक्षले औपचारिक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको थियो ।
शाहिल खानले तयार पारेको ट्रेलर युट्युबमा पनि सार्वजनिक भइसकेको छ। ३ मिनेट १७ सेकेण्ड लामो ट्रेलर सार्वजनिक भएको ७ घण्टामा ३८ हजार दर्शकले हेरेको देखिन्छ । अघिल्ला प्रचार सामाग्री हेरेर सामान्य चलचित्र हुनसक्ने अनुमान ट्रेलर सार्वजनिकसँगै गहन विषय बस्तु र फरक प्रस्तुतीका साथ आएको भान हुन्छ । चलचित्रको ट्रेलर हेरेर धेरै दर्शक हलसम्म पुग्ने तर चलचित्र हेरेर दर्शकले चित्त नबुझाए मौखिक प्रचारको प्रभाव उत्तिकै प्रभावकारी हुनेछ ।
शङ्कर कोइरालाले निर्देशन गरेको यस चलचित्रमा वर्षा सिवाकोटी, अपर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, शेर बहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ।
कार्यक्रममा निर्देशक दीपा श्री निरौला, निर्देशक शंकर कोइराला, लेखक आनन्द विक्रम क्षेत्री,कलाकारहरू सरोज खनाल, प्रवीण खतिवडा, रेजीना उप्रेती, वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठलगायतसहभागी थिए ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेका छन्। चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्। यसमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीको सम्पादन छ। चलचित्रका गीतमा राम अविरल र शान भुसालको शब्द रचना, एसडी योगी र शान भुसालको सङ्गीत तथा स्वरूपराज आचार्य, एसडी योगी, विज्ञानी पराजुली र एरिका क्षेत्रीको स्वर रहेको छ।
चलचित्रमा दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, किरण थापाको कोरियोग्राफी, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन, शैलेश श्रेष्ठ र रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, समीर मियाँको भिएफएक्स, सन्तोष लामाको कला निर्देशन, राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ। ट्राइडेन्ट कन्सेप्टको पोस्टर तथा सोसल मिडिया पब्लिसिटी डिजाइन रहेको गर्ने यस चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्।
प्रतिक्रिया