९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ग्रिनसिफ्ट परियोजनाद्वारा अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न



४ साउन । ईयुको सहयोगमा क्रिएसन नेपालद्वारा संचालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत ललितपुर उपमहानगरपालिकाका चार वेस्ट स्मार्ट स्कुलबीच अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

शुक्रबार ललितपुरमा आयोजित प्रतियोगितामा आदर्श शौल माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेका थिए । त्यस्तै, श्रमजित किसोर माध्यमिक विद्यालयले दोस्रो र प्रभात माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेका छन् ।

बिजेता विद्यालयका विद्यार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरेका थिए । ग्रिनसिफ्ट परियोजना अन्तर्गत ललितपुर उपमहानगरपालिकामा संचालित चार वेस्ट स्मार्ट स्कुलहरु आदर्श साउला युवक माध्यमिक विद्यालय सैंबु, प्रभात माध्यमिक विद्यालय त्यागल, बाल बिनोद माध्यमिक विद्यालय नस् टोल – खाल) र श्रमजित किशोर माध्यमिक विद्यालय, लुन्खुशीका बिधार्थीहरु भाग लिएका थिए । प्रत्येक विधालयबाट पाँच पाँच जनाको समुहले विभिन्न राउन्डमा सोधिएका प्रश्नहरुको उतर दिएका थिए ।

यस्ता कार्यक्रमले विद्यालय स्तरमा बिद्यार्थीहरुको जनचेतनास्तर वृद्धि गर्न र जागरुकता फैलाउन मदत पुग्ने परियोजनाका सन्चार अधिकृत नीति प्रधानले बताइन । उनले बिद्यार्थीहरुलाई स्कुल तहमै फोहोरमैला ब्यबस्थापन, जलवायु परिवर्तन र पर्यावरण संरक्षणका लागि महत्वपूर्ण कोशेढुगांसाबित हुने विश्वास ब्यक्त गरिन ।

सहभागी विद्यार्थीहरुलाई प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन, पर्यावरण र जलवायु परिवर्तन सम्बन्धित पाँच राउन्डमा प्रश्नहरु सोधिएको थियो ।

ईयूको सहयोगमा ग्रिनसिफ्ट परियोजना चार वर्ष समायवधिका लागि बागमती, मधेश र लुम्बिनी गरी तीन प्रदेशको विभिन्न नौ स्थानीय तहमा प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्र प्रवद्र्धन गर्नका लागी विभिन्न क्रियाकलाप सन्चालन गरीरहेको छ, । क्रिएसनको नेतृत्वमा रेस्टलेस डेभलम्पमेन्ट र यूथ इनोभेसन ल्याब परियोजनाको कन्सोर्टियम पार्टनरका रुपमा रहेका छन ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ११ : ५५ बजे