१४ माघ २०८१, सोमबार | Tue Jan 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको ढोलाहिटीमा १० करोड लगानीमा खुल्यो अत्याधुनिक स्पोर्ट्स कम्प्लेक्स



ललितपुर
६ साउन । ललितपुरको ढोलाहिटीमा १० करोड लगानीमा खुल्यो अत्याधुनिक स्पोर्ट्स कम्प्लेक्स खुलेको छ ।
ललितपुर महानगरपालिका वडा नम्बर २६ खुलेको यस स्पोर्ट्स कम्प्लेक्सको वागमती प्रदेश सदस्य, राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष माननीय मीन कृष्ण महर्जनले उद्घाटन गरेका छन् ।
कम्प्लेक्स भित्र जिम, स्विमिङ, फुट्सल, ब्याडमिन्टन, स्टिम साउना, टेबुलटेनिस, जुम्बा, ज्याकुजी साथै खाजा खानाको लागि क्याफे तथा रेस्टुरेन्टको समेत व्यवस्था रहेको छ।
युवा व्यवसायी शेखर महत र विक्रम महर्जनको संयुक्त लगानीमा सञ्चालनमा आएपछि अव ललितपुरका ढोलाहिटीे खेलकुद हव रुपमा विकास हुने भएको छ ।
२०७९ सालमा फुट्सल, स्विमिङबाट सुरु भएको यस ठाँउलाई भर्खरै अहिले जिम, ब्याडमिन्टन, साउना लगायतका संरचना तयार गरेर स्पोट्स कम्प्लेक्सको रुपमा विकास गरिएको सञ्चालक शेखर महतले ललितखबरलाई जानकारी दिएका छन् । उनले भने, हामी कराँते,तेक्याण्डो, भलिबल र बास्केटबल र टेवुल टेनिसलगायतका खेल खेल्नका लागि संरचना निर्माण गर्दै छौं ।


अत्याधुनिक मेसिनहरू जडान गरिएको जिम आजबाट सुरु भएको छ। जिमको शुभारम्भ धर्मश्री विजेता जिम नायक महेश महर्जनले गरेका थिए।

कम्प्लेक्स भित्र २५ मिटर लम्बाई र १५ मिटर चौडाई र गहिराई ६ फिटसम्म स्विमिङ पूल रहेको छ। त्यस्तै साउनाको लागि महिला पुरुषको लागि छुट्टाछुट्टै रूमको व्यवस्था रहेको छ।
विभिन्न खेल प्रतियोगिता समेत कम्प्लेक्सभित्र गर्न सकिने उनको भनाई छ ।

फाइभ ए र सेभेन ए साइड भएको फुट्सलमा एकैपटक दुई खेल खेल्न सकिने छ।

६ रोपनी क्षेत्रफलमा फैलिएको खेलकुद हबमा पर्याप्त पार्किङ सुविधा रहेको छ।

खेलकुद हवको सदस्य बन्ने पहिलो एक सय जनालाई २५ प्रतिशत छुटको ब्यवस्था समेत रहेको आयोजकले जनाएका छन्।
उद्घाटन समारोहमा वागमती प्रदेशका पुर्व सांसद राजकाजी महर्जन, गोदावरी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष एवं प्रवक्ता मिलन सिलवाल, ललितपुर महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष सुरेश महर्जन, जिल्ला समन्वय समिति ललितपुरका सदस्य दिनेश घोरासैनी,राष्ट्रिय संगितकर्मी संघ ललितपुर उपाध्यक्ष तथा गायिका सबिना दाहाल ,राष्ट्रिय संगितकर्मी संघ बाग्मती गाउंपालिका कोषाध्यक्ष मोडल विनिता दाहाल लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ४ : ३८ बजे