११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


न्यूरोडकोमा वडाको सेवा सडकबाट



६ साउन । काठमाडौं महानगरपालिकाको २२ नम्बर वडा कार्यालयले न्यूरोडको सडकबाटै सेवा सञ्चालन सुरु गरेको छ । महानगरपालिकाले फुटपाथ विस्तार गर्न सडक खन्न थालेपछि त्यसको विरोधमा उत्रिएका वडाका जनप्रतिनिधिहरुले सडकमै पाल टाँगेर कामकाज गरेका हुन् ।

वडा सदस्य चन्द्रमान तुलाधरले महानगरपालिकाले जबरजस्ती फुटपाथ विस्तार गर्न खोजेपछि वडा कार्यालय नै सडकबाट सञ्चालन गर्न लागेको बताए ।

काठमाडौं महानगरपालिकाले बजेटमै राखेको न्यूरोड फुटपाथ विस्तारमा २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जन सहित स्थानीयले विरोध गर्दा काम अगाडि बढ्न सकेको छैन ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ८ : ०० बजे