२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


पाँचखालतर्फ यात्रारत मोटरसाइकल दुर्घटना, युवकको मृत्यु



६ साउन । काभ्रेको कुन्ताबेशीबाट पाँचखालतर्फ यात्रारत एक मोटरसाइकल दुर्घटनापछि चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार शनिबार दिउँसो दुर्घटनापछि चालक मण्डनदेउपुर नगरपालिका–११ जैसी टोल बस्ने २६ वर्षीय मिलन काफ्लेको मृत्यु भएको हो ।
उनी काभ्रेको मण्डनदेउपुर नगरपालिका–११ चाँखोला पुलमा कुन्ताबेशीबाट बा.३५ प ३१४० नम्बरको मोटरसाइकल चढेर पाँचखालतर्फ गइरहेको अवस्थामा दुर्घटनामा परेका थिए ।
उनले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनापछि गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएका प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  २ : ३४ बजे