६ साउन । चलचित्र ‘बर एण्ड वधु’को गीतमा अभिनेत्री आँचल शर्मा अभिनेता विवेक ले बोल्ट सिन दिएकी छिन् । अभिनेत्री आँचल अभिनेता विवेक कर्माचार्यसँग रोमान्टिक मुडमा नृत्य गरिरहेकी छिन् । उनीहरुबीच स्वीमिङ पुलमा चुम्बन गरिरहेको दृश्य समेटिएको छ ।
सो दृश्य छायांकनको क्रममा उनको निर्देशक मिलन चाम्ससँग झगडा समेत भएको कुरा खुलाएकी छिन् ।
सो दृश्य छायाँकन लागि अनुरोध गर्दा अभिनेत्री आँचलले अस्वीकार गरेको बताएकी छिन् । राजधानीमा गीत सार्वजनिक कार्यक्रममा उनले भनिन्, ‘मैले यस्तो खाले चुम्बनको दृश्य दिएकी थिइन । चलचित्रमा यस्ता दृश्य अश्लीतला झल्कने किसिमले प्रयोग हुन्छ कि भन्नेमा डर थियो । सुन्दर ढंगबाट प्रस्तुत गरिएको देखेपछि खुशी भएकी छु ।’
निर्देशक चाम्सले आफू निर्देशकहरुमध्ये कडा मिजासको भएको बताउदै सामान्य झैं लागेको दृश्य खिच्ने क्रममा विवाद भएको स्वीकार गरे । उनले भने,छोटो समयका लागि लिइए‘को छायाँकनको सेट छोड्न दबाब आएको थियो । धेरै टेन्सन थियो । त्यसैले म रिसाए । आँचल रोएकी थिइन् । तर मैले फकाइन ।’
दक्षिण पुर्वी युरोपको रोमानियामा छायाँकन गरिएको सो गीत ३६ घण्टा लगेको उनले बताए । चलचित्रमा शहर खेत र पहाडमा खिचिएको दृश्यहरु हेर्न पाइन्छ ।
चलचित्रमा यस्ता दृश्य कथाको माग अनुसार दिनुपर्ने विषयमा आफू सकारात्मक भए पनि भल्गर नहोस् भन्नेतर्फ सधै सजक रहेको उनको तर्क थियो । उनी यी दृश्यका कारण परिवारमा अप्ठ्यारो नपर्ने यी सबै चलचित्रको पात्रका लागि निभाएको भन्नेमा परिवारहरु मञ्जुर रहेको उनको भनाई छ ।
पछिल्लो समय अभिनेत्रीहरु चलचित्रका लागि लामो चुम्बनका दृश्य समेत दिन पछि नपर्ने गरेका छन् ।
प्रतिक्रिया