२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ब्याड न्यूजको बक्स अफिसमा सफलतातर्फ



काठमाडौं
६ साउन । बलिउड चलचित्र ब्याड न्यूजले बक्स अफिसमा भने सुखद न्यूज पाएको छ ।

शुक्रबार प्रर्दशन सुरु भएको विक्की कौशल, तृप्ति डिमरी र अमी विर्क अभिनित ब्याड न्यूजले भारतीय बक्स अफिसमा सुखद शुरुवात गरेको छ ।

शुक्रबार ८.६२ करोडको कमाई गरेको यस चलचित्रले शनिबार १०.५५ करोड कमाई गरेको छ । दुई दिनमा चलचित्रले १९.१७ करोड कमाई गरेको चलचित्र विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।

यस चलचित्रलाई आनन्द तिवारीले निर्देशन गरेका हुन् । चलचित्रमा विक्की, तृप्ति र अमीका अलावा फातिमा साना सेख, सान्या मल्होत्रा, नेहा धुपियालगायतको पनि अभिनय रहेको छ । चलचित्रलाई करण जोहरले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ३ : ५१ बजे