२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


हरिवंश आचार्य भन्छन्,‘नाकभित्रको नसा फुटेको रहेछ, स्वास्थ्य लाभ लिइरहेको छु’



७ साउन । हास्य कलाकार हरिवंश आचार्य यताबेला अस्पतालमा उपचाररत छन् । स्वास्थ्यमा समस्या देखिएपछि मोरङको विराटनगरमा रहेका उनलाई आइत्बार अस्पताल भर्ना गरिएको थियो । विराट नर्सिङ होममा उनको उपचार भइरहेको छ । उनले आफ्नो नाकभित्रको नसा फुटेको रहेछ, स्वास्थ्य लाभ लिइरहेको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमा उनले लखेका छन्, ‘शनिबार हिमगिरी प्रालि उधोगको आतिथ्यमा मदनदाइ र म बिराटनगर आएका थियौ ।
अचानक नाकबाट रगत बगेर होटल नजिकै भएको सप्तकोसी अस्पताल पुगे र त्यहाबाट विराट नर्शिङ होम Ent department मा उपचार हुदैछ र म सामान्य अबस्थामा छु ।अस्पताल पुग्दा मेरो ब्लड प्रेशरहरु सामान्यै थियो।
धेरैलाइ High blood pressure को कारण होकि भन्नेले चिन्तित तुल्याएछ ।नाकभित्रको सानो नसा फुटेको रहेछ र त्यसलाइ टाल्ने काम भईसकेको छ र अहिले सामान्य अबस्थामा स्वास्थ लाभ गरिरहेकोछु ।उपचारको क्रममा बिराट नर्शिङ होम परिबार ,डा .राजिब शाहको चिकित्क टिमलाइ धन्यबाद दिन चाहन्छु । मेरो स्वास्थ प्रति चासो ब्यक्त गर्दै कोसि प्रदेशका मुख्य मन्त्री ,माननिय हिक्मत कार्किज्यु प्रति आभारी छु साथै हिमगिरी उधोग प्रा लि सदस्यज्यु र कर्मचारीज्युहरुले गर्नु भएको माया ,सद्भभाब र सहयोग प्रति आभारी छु ।
देश बिदेशमा रहनु भएका नेपाली दाजुभाइ दिदी बहिनी र संम्पुर्ण पत्रकार जगतलाइ मेरो स्वास्थ्य प्रति यतिधेरै सद्भाब प्रकट गरिदिनु भएकोमा आभारी छु ।’

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ७ : २६ बजे