१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लाजिम्पाटस्थित होटल सांग्रिलाका संस्थापक पाण्डेको निधन



७ साउन । काठमाडौंको लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिलाका संस्थापक अध्यक्ष तथा सञ्चालक श्यामबहादुर पाण्डेको निधन भएको छ।

उनको ८८ वर्षको उमेरमा उपचारका क्रममा सोमबार काठमाडौंमा निधन भएको हो।

पछिल्ला केही वर्षदेखि गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिरहेका उनको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

उनको आजै अपराह्न पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ।

६० वर्षभन्दा बढी पर्यटन र होटल उद्योगको विकास र उन्नतिका लागि काम गरेका पाण्डे ६ दशकभन्दा बढी समय होटल व्यवसायमा सक्रिय थिए।

चार दशक अघि होटल सांग्रिला स्थापना गरेका उनी होटल उद्योगका ‘लिजेन्ड’ मानिन्छन्।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ९ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।