२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘मिस कोशी २०२४’ को उपाधि शुभलक्ष्मी राईलाई



७ साउन । आठौँ संस्करणको ‘मिस कोशी २०२४’ को उपादी सुनसरी इटहरी १९ तरहराकी शुभलक्ष्मी राई पाउन सफल भएकी छिन् ।
२५ जना प्रतिस्पर्धीलाई पछि पार्दै शुभलक्ष्मीले ‘मिस कोशी’को उपाधि जितेकी हुन् । उपाधिसँगै उनले नगद १ लाख रुपैयाँ र विभिन्न गिफ्ट ह्याम्पर पनि पाइन् ।
‘मिस कोशी’को ‘फस्ट रनरअप’ धरानकी निशा हाङ्मा लिम्बु, ‘सेकेण्ड रनरअप’ झापाकी निगम मोक्तान तामाङ्ग, ‘थर्ड रनरअप’ जुम्लाकी कृति बस्नेत र ‘फोर्थ रनरअप’ इटहरीकी स्वस्तिका राई बनेका छन् ।
विजेता तथा उपविजेतालाई विराटनगरमा सम्मान गरिएको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिले एक कार्यक्रम गर्दै सम्मान गरेको हो ।
उनीहरुलाई कोशी प्रदेशका खानेपानी, सिचाइ तथा उर्जा मन्त्री एकराज कार्की, जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जयराज राय, सिइओ निशा खतिवडा रायले सम्मान गरे ।

 

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ६ : ३३ बजे