२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘कर तिछौं, भक्कु तिर्छौं’ भन्ने कलाकारको आय कर कति ?



ललितखबर
८ साउन । केही दिनअघि नेपाली चलचित्रका अभिनेता अनमोल केसीले सामाजिक सञ्जाल मार्फत चलचित्र फर्की फर्कीका निर्माता रोहित अधिकारीले दिएको पारिश्रमिकको आय कर बुझाएको ७ लाख ५० हजार भौचर नै सार्वजनिक गरे ।
नेपाली कलाकारहरुले महँगो पारिश्रमिक लिन्छन् तर राज्यलाई कर लिर्दैनन् भनेर आरोप लगाउनेहरुलाई अभिनेता अनमोलले मुखमा बुझो लगाइदिएका थिए । तर अन्य कलाकारले सरकारलाई आयकर तिरेको पाइदैन ।
नेपाली कलाकारहरु आयकर नतिर्ने तर सरकारसँग सुविधा मागिरहेको पाइन्छ ।


कलाकारहरुले राज्यलाई तिर्नुपर्ने कर छलेको विषयमा बेला बेलामा प्रश्न उठ्ने गरेको छ । नेपाल चलचित्र बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रको सुधारका लागि विभिन्न माग लिएर सरकारसँग छलफलका क्रममा चलचित्र क्षेत्रले राज्यलाई पर्याप्त कर नबुझाएको विषय उठेको सार्वजनिक कार्यक्रममा बताएका थिए ।


कलाकारहरुको करको विषयमा राजधानीमा सोमबार आयोजित कार्यक्रममा पनि बहस भयो । कलाकार विजय बरालले आफू मण्डला थियटरको सचिव भएको र त्यही थियटरबाट कर तिर्ने गरेको तर्क गरे । उनले कानून अनुसार दर्ता गरेर चलाउने कम्पनीमार्फत तिर्नुपर्ने बाध्यात्मक कर तिरेको तर्क गरे । भने, ‘समात्यो भने बर्बाद भइहाल्छ नि ।’ तर पारिश्रमिकवापत तिर्नुपर्ने आयकर बारे बोलेनन् ।


अर्का कलाकार विल्सनबिक्रम राईले पनि कार्यक्रममा आफूहरुले सरकारलाई ‘भक्कु कर’ तिरेको स्प्रष्टिकरण थिए । हामीले उहिले देखि तिरिरहेको बताए । खल्तीमा पन नम्बर बोकेर हिडेको भन्दै राईले तक्मे प्रोडक्सनमाफत कर तिरेको बताए भने, ‘भन्न जरुरी छैन ।’
कलाकार बुद्धि तामाङले आय कर मिलाउन मिल्छभन्दा पनि हैन ‘गर्वका साथ कर तिरेको छ’ भन्ने गरि तिर्ने हो भन्दै कर तिरेका छौं ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ६ : ४६ बजे