२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा रोकिराखेको टिप्परमा स्कुटर ठोक्किँयो, २१ वर्षीय युवकको मृत्यु



८ साउन । भक्तपुरमा रोकिराखेको टिप्परमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली मनोहरा सिद्धार्थ पेट्रोल पम्प अगाडि ओरालोमा रोकिराखेको टिप्परमा स्कुटर ठोक्किएर दुर्घटना भएको हो ।

काठमाडौंबाट भक्तपुरतर्फ जाने सडक खण्डको छेउमा बिग्रिएर रोकी राखेको लु २ ख १९०४ नम्बरको खाली टिप्परको पछाडीको भागमा सोही दिशा तर्फबाट जाँदै गरेको प्रदेश ३–०२–००६ प ९०३५ नम्बरको स्कुटी ठोक्किएको थियो ।

सोमबार बेलुका भएको दुर्घटनामा स्कुटर चालक तेह्रथुम साप्ला ५ घर भई हाल भक्तपुर कौशलटार साँगबारी बस्ने २१ वर्षका नबिन पुदुङ (लिम्बु) गम्भिर घाइते भएका थिए ।

उनलाई तत्कालै उपचारको लागि भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल लगिएकोमा उपचारकै क्रममा मंगलबार दिउँसो १२ः२२ बजे मृत्यु भएको भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिए ।

दुवै सवारी साधन र टिप्पर चालक काभ्रेको भुम्लु गाँउपालिका १० का २६ वर्षीय पुजन शाहलाई प्रहरी वृत्त ठिमीको नियन्त्रणमा राखेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ३ : २७ बजे